कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको प्रकरणमा गठित छानबिन समितिले बुझायो प्रतिवेदन

कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको प्रकरणमा गठित छानबिन समितिले बुझायो प्रतिवेदन



२०८० मंसिर ०६

मंसिर ६, काठमाडौं । कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको प्रकरणमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । बुधबार समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ, लेखा समिति संयोजक लेखनाथ न्यौपानेले महासंघका अध्यक्ष विपुल पोख्रेललाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो । 
प्रतिवेदन बुझ्दै अध्यक्ष पोख्रेलले पत्रकार जोडिएको विषयमा समितिबाट आएको सुझाव सहितको प्रतिवेदन महासंघको लागि महत्वपूर्ण रहने बताउनुभयो । उहाँले प्रकरणमा दोषी देखिएका महासंघका सदस्यमाथि तत्काल कारबाही अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  

समितिका संयोजक लेखनाथ न्यौपानेले मानव तस्कर प्रकरणमा पत्रकार जोडिएको विषयलाई गम्भीरताका साथ लिएर सत्यतथ्य अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताउनुभयो । 
कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको विषयमा विभिन्न सञ्चारमाध्यमा समाचार प्रकाशन भएको थियो ।

नेपाल पत्रकार महासंघले उक्त प्रकरणको छानबिनका लागि महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु शन्तराम विडारी, ज्ञानप्रसाद पौडेल, रामकृष्ण अधिकारी र महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रृजन झा सदस्य रहेको समिति २०८० असोज १९ गते गठन गरेको थियो ।