पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

 

मिति : २०८२।०८।०८

पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । खनियाको शव मंसिर ७ गते आइतबार काठमाडौंको बानेश्वरस्थित निवासको भर्‍याङको रेलिङमा पासो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

रेडियो पत्रकारितामा खारिएका खनिया रेडियो अडियोका संस्थापक हुनुहुन्थ्यो । झण्डै दुई दशकभन्दा बढी रेडियो पत्रकारितामा सक्रिय खनियाले यस दौरान कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतका सञ्चारमाध्यममा काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ ।

महासंघ स्वर्गीय खनियाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download