पत्रकार फैजुल्लाह आलमको मस्तिष्कघातका कारण भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०८२।०९।०७

पत्रकार फैजुल्लाह आलमको मस्तिष्कघातका कारण ५५ वर्षको उमेरमा यही पुस ४ गते शुक्रबार भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

फोटो पत्रकारितामा सक्रिय आलम महासंघ बारा शाखाका सदस्य हुनुहुन्थ्यो । प्रतिक दैनिक, लोकटाइम्स दैनिकलगायतका सञ्चारमाध्यममा काम गर्नुभएका आलमको निधनले नेपाली पत्रकारिता क्षेत्रले कुशल र जुझारु पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।

स्वर्गीय आलमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित महासंघ शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

 

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्