मिति : २०८२।०९।०६
पत्रकार हरिसुन्दर छुकालाई अपरिचित व्यक्तिले दुर्व्यवहार गर्दै धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही पुस १ गते मंगलबार साँझ भक्तपुरको ताथली नाला सडकको तोख्याचा खण्ड हुँदै सौडोलस्थित घर फकैदै गर्दा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले शाखा सहसचिव छुकालाई अश्लील शब्द प्रयोग गर्दै धम्क्याएको भक्तपुर शाखाले जनाएको छ ।
महासंघ पत्रकारलाई त्रसित पार्ने घटनाको भत्र्सना गर्दै धम्की दिनेको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव