प्रसारित भिडियो सामग्रीलाई लिएर क्यामेरा पर्सन राजु बैठालाई स्थानीय टइट यादवसहितको समुहले गालीगलौज गरी धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२।०२।०६

प्रसारित भिडियो सामग्रीलाई लिएर क्यामेरा पर्सन राजु बैठालाई स्थानीय टइट यादवसहितको समुहले गालीगलौज गरी धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

वीरगञ्ज सिटी डटकममा बाराको ‘विश्रामपुर गाउँपालिकामा मिलोमतोमा अनियमितता, एकातर्फ तटबन्धन निर्माण अर्कोतर्फ ५/५ फिट माटो खनेर विक्री’ सम्बन्धी सामग्री प्रसारण भएकोप्रति उक्त समुहले धम्की दिएको महासंघ पर्सा शाखाले जनाएको छ ।

यसप्रति गुनासो भए कानुनी उपचारमा जाने या प्रचतिल विधि–प्रक्रिया अपनाउन छाडेर त्यसविपरीत भएको यो कर्म निन्दनीय र प्रेसविरोधी छ । महासंघ घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्