समाचार संकलनमा संलग्नका क्रममा हिमालय टेलिभिजनका पत्रकार सुरेश रायलाई सिरहा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राज यादवले दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२।०१।३०

समाचार संकलनमा संलग्न रहेकै बेला हिमालय टेलिभिजनका पत्रकार सुरेश रायलाई सिरहा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राज यादवले दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही वैशाख २८ गते सिरहाको गोलबजार नगरपालिका–४ स्थित वर्धमान अस्पतालमा सुत्केरी महिलाको मृत्युबारे समाचार संकलन गर्न पुगेका रायलाई यादवले हेलमेट राम्ररी नलगाएको भन्दै दुर्व्यवहार गरेको महासंघ मधेस प्रेदश समितिले जनाएको छ ।

आफ्नो कर्तव्य पालनाका नाममा प्रहरीले अपनाएको यो शैली खेदजनक छ । महासंघ आगामी दिनमा यस्ता कर्म नदोहो¥याउन र प्रेसलाई सम्मानपूर्वक व्यवहार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

....................

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्