सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीबाट सामाजिक सञ्जालमा समग्र पत्रकारिता क्षेत्र र संचारगृहलाई लक्षित गर्दै व्यक्त धारणाप्रति महासंघको ध्यानाकर्षण

 

मिति २०८२।०१।२१

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीबाट सामाजिक सञ्जालमा समग्र पत्रकारिता क्षेत्र र संचारगृहलाई लक्षित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

वैशाख २० गते शनिबार अन्नपूर्ण पोष्ट दैनिक र धनगढीको ईविगुल डटकमको समाचार लिंक शेयर गर्दै सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भनी फेसबुकमा स्ट्याटस लेखेको महासंघ सुदूरपश्चिम समितिले जनाएको छ ।

पत्रकारले लेखेको समाचारमा चित्त नबुझे या मिडिया हाउसको व्यवहारप्रति गुनासो भए त्यसउपर विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रचलित अभ्यास छ । त्यसविपरीत जिम्मेवार पदमा रहेका व्यक्तिको यो शैली प्रेसलाई कुण्ठित गर्ने र बदनाम गराउने मनसाय प्रेरित रहेको स्पष्ट छ ।

महासंघ प्रेस स्वतन्त्रताविरोधी यो हर्कतप्रति आपत्ति प्रकट गर्दछ । र, प्रेसको संवैधानिक सुनिश्चितताको ख्याल राखी सम्मान गर्न, कुनै पनि वहानामा पत्रकारलाई हतोत्साहित र बदनाम बनाउने यस्ता हर्कत दोहोरिन नदिनेतर्फ कडा कदम चाल्न सम्बन्धित पक्षसंग जोडदार माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्