मिति : २०८२।०१।१९
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोलाई महोत्तरीको बर्दिवास नगरपालिका–१३ स्थित जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक भरतप्रसाद यादवले दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
वैशाख १९ गते शुक्रबार अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ सम्वाददाता तथा द पब्लिक टुडे दैनिकका सम्पादकसमेत रहेका महतोलाई यादवले विद्यालय परिसरमै ‘तिमी स्कुलको लागि घातक हौ’ भन्दै दुर्व्यवहार गरेको महासंघ महोत्तरी शाखाले जनाएको छ ।
जुनसुकै वहानामा भए पनि पत्रकारमाथि यस किसिमको व्यवहार हुनु अत्यन्त निन्दनीय र खेदजनक छ । महासंघ संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिनेतर्फ विशेष ध्यान दिन स्थानीय प्रशासनसंग माग गर्दछ ।
……………..
रामप्रसाद दाहाल
महासचिव