मिति : २०८२।०१।१३
खबरहब डटकमका पत्रकार सुमित मिश्रलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले फोनबाट धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
महासंघ मधेस प्रदेस समितिका अनुसार उक्त अनलाइनमा २०८२ वैशाख १२ गते शुक्रबार ‘भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सहमहामन्त्री यादव पुत्र’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
सोही समाचारलाई लिएर पत्रकार मिश्रलाई एसपी तिवारीले फोन गरेर ‘तत्काल जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनुस, माफी माग्नुस, समाचार हटाउनुस, नभए मुद्दा दर्ता गरी पक्राउ गरेर कारबाही गर्छौ’ भनी धम्की दिएको प्रदेश समितिले जनाएको छ ।
उक्त समाचार अनलाइनको मुख्य कार्यालयबाट संप्रेषित भएको र आफूले नलेखेको पत्रकार मिश्रले स्पष्ट पारिसकेको अवस्थामा शान्तिसुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीको जिम्मेवार अधिकारीबाट भएको यो व्यवहार अत्यन्त निन्दनीय र खेदजनक छ ।
समाचारमा गुनासो भए कानुनी र विधिसम्वत बाटो अपनाउनुको साटो यस ढंगले असम्बन्धित विषयमा प्रहरी अधिकृत नै प्रस्तुत हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारको सुरक्षा संवेदनीशलताप्रति गम्भीर बन्न र संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गरी आगामी दिनमा यस किसिमका घटना नदोहो¥याउन प्रहरी प्रशासनसँग आग्रह गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव