पत्रकारद्वय सुवेदी र प्रजापतिलाई पितृशोक

 

मितिः २०८१।११।१२

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष पत्रकार दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई पितृशोक परेको छ । उहाँका ७३ वर्षीय पूजनीय पिता तारानाथ सुवेदीको २०८१ फागुन ११ गते आइतबार काठमाडौंस्थित मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही समययता मुटुसम्बन्धी रोगबाट पीडित स्वर्गीय सुवेदीका एक छोरा र एक छोरी हुनुहुन्छ ।

यसैगरी नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका कोषाध्यक्ष पत्रकार राजेन्द्र प्रजापतिलाई पितृशोक परेको खबरले महासंघ स्तब्ध भएको छ । प्रजापतिका पूज्य पिता गणेश प्रजापतिको ८९ वर्षको उमेरमा २०८१ फागुन १० गते शनिबार निधन भएको हो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पिताद्वयप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ पत्रकारद्वय सुवेदी र प्रजापतिसहित शोकसन्तप्त सबै परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्