मिति : २०८१।११।११
नेपाल पत्रकार महासंघका पूर्वसचिव शीतलप्रसाद महतोलाइ मातृशोक परेको छ । उहाँकी पूज्य आमा सीतादेवी महतोको ८८ वर्षको उमेरमा २०८१ फागुन ११ गते आइतबार दिउँसो २ः ०० बजे उपचारका क्रममा जनकपुरमा निधन भएको हो । सीतादेवी महतो लामो समयदेखि श्वास–प्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
नेपाल पत्रकार महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा मातृशोकमा पर्नुभएका पूर्वसचिव शीतलप्रसाद महतोसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव