मुलुक टाइम्स मासिक पत्रिकाका महोत्तरी सम्वाददाता रोशनकुमार मिश्रलाई अज्ञात समुहले गालीगलौज र आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।११।१६

मुलुक टाइम्स मासिक पत्रिकाका महोत्तरी सम्वाददाता रोशनकुमार मिश्रलाई अज्ञात समुहले गालीगलौज र आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ महोत्तरी शाखाका अनुसार फागुन १३ गते आइतबार समाचार संकलन गरी घर फर्किदै गर्दा राति ८ः३० बजेको समयमा ड्राइभरसहित ३ जना व्यक्ति चढेको सेतो रंगको कारले पत्रकार मिश्र चढेको मोटरसाइकललाई पछ्याइ अगाडि ल्याएर रोकेर मोटरसाइकलबाट झार्दै गालीगलौज र हातपातको प्रयास गरेका थिए ।

तत्पश्चात मोटरसाइकल लिएर भाग्ने क्रममा डेढ किलोमिटरसम्म पछ्याएपछि पत्रकार मिश्रले सडक छेउमै रहेको गाउँमा स्थानीयलाई हारगुहार गरेर ज्यान जोगाउन सफल भएको शाखाले जनाएको छ ।

नागरिकलाई सुसूचित गर्ने क्रममा पत्रकारमाथि घटेको यो घटना अत्यन्त निन्दनीय र प्रेसविरोधी हर्कत हो । महासंघ घटनाको छानबिन गरी दोषी पहिचान गरेर तत्काल कानुनी दायरा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्यामूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्