समाचार संकलनका क्रममा गोलखबर डटकम अनलाइनमा कार्यरत पत्रकार शान्ति घर्तीलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति :२०८०।०४।१९

समाचार संकलनका क्रममा गोलखबर डटकम अनलाइनमा कार्यरत पत्रकार शान्ति घर्तीलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

जनजाति संस्कारविरुद्ध अभिव्यक्ति दिनेलाई पक्राउ गरी कारबाहीको माग राख्दै साउन १८ गते बिहीबार काठमाडौंको टेकुस्थित जिल्ला प्रहरी परिसरमा भएको धर्ना कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकार घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर लछारपछार गर्दै कुटपिट गरेका थिए ।

स्वतन्त्रतापूर्वक समाचार संकलनमा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ पत्रकारमाथि भएको ज्यादतीको छानबिन गर्न र दोषीलाई कारबाही गरी प्रेस स्वन्त्रताको सम्मान गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्