पत्रकार हत्याको भत्र्सना

मिति : २०७५।१०।०५

मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आवद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । सञ्चारकर्मी ढकाललाई हेटौडा— १ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा पुस २५ गते साँझ फेला पारिएको थियो  । 

महासंघ हत्याको भत्र्सना गर्दछ र घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गर्दछ । साथै, शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।

रमेश विष्ट

महासचिव

 डाउनलोड गर्नुहोस्