अस्पताल सञ्चालककाे  धम्की प्रति महासंघको गम्भीर ध्यानाकर्षणअस्पताल सञ्चालककाे  धम्की प्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७५।१०।०२

नेपाल पत्रकार महासंघ इलाम शाखाका सदस्य एवं कान्तिपुर दैनिकका सम्वाददाता विप्लव भट्टराईसहितका पत्रकारलाई समाचारको विषयलाई लिएर झापाको बिर्तामोडमा रहेको वीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले टेलिफोनमार्फत गालीगलौज गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ इलाम शाखाका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै केही दिनदेखि इलाममा अनशनरत डा. गोविन्द केसीलाई वीएण्डसी अस्पतालका तर्फबाट चैतन्य मैनाली नाम गरेका व्यक्ति भेट्न आएको विषयमा टेलिफोनमार्फत बुझ्न खोज्दा अस्पतालका सञ्चालक प्रसाइले भट्टराईलगायतका पत्रकारलाई गालीगलौज गर्दै धम्क्याएका थिए । 
स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारलाई बिनाकारण गालीगलौज गर्दै धम्की दिइएको यो घटना प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको घोर भत्र्सना गर्दछ । र, पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदोहो¥याउन सम्बन्धित पक्षसँग माग गर्दछ ।   


    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्