चितवनस्थित भरतपुर महानगरपालिका–७ मा रहेको लाल्सा रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकारमाथि आज भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२।०२।३०

चितवनस्थित भरतपुर महानगरपालिका–७ मा रहेको लाल्सा रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकारमाथि आज भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

बेस्ट बे्रन एजुकेशन भिजा सर्भिसेजले बेलायत लाने आश्वासन दिए पनि नलगेको भन्दै पीडित व्यक्तिहरुले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए ।

सोही सम्मेलनमा स्थानीय कमला सापकोटा, सागर खरेल र काभ्रेका सविन थापालगायतका व्यक्ति प्रेवश गरी क्यामेरा धकेल्ने, फोटो/भिडियो मेटाउन दबाब दिएको र कुटपिट समेत गरेको महासंघ चितवन शाखाले जनाएको छ । सो क्रममा प्रहरीले अकर्मण्यता देखाएको शाखाको भनाइ छ, जुन दुःखद् छ ।

महासंघ घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र आगामी दिनमा यस किसिमका घटना दोहोरिन नदिनेतर्फ कडा कदम चालेर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्