पत्रकार दुर्घटना बीमा सम्बन्धमा ।


मिति : २०७५।०७।१९

श्री अध्यक्षजी
सबै जिल्ला शाखा÷प्रतिष्ठान शाखा÷एसोसिएट संस्था
नेपाल पत्रकार महासंघ

विषय :पत्रकार दुर्घटना बीमा सम्बन्धमा ।

सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासंघबाट श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरूको लागि तेस्रो चरणको बीमा कार्यक्रम सुरु भएको जानकारी गराइन्छ । यस अन्तर्गत आ.व. २०७५/०७६ मा पत्रकार दुर्घटना बीमा कार्यक्रममा सहभागिताका लागि महासंघका जिल्ला शाखा, प्रतिष्ठान शाखा, र एसोसिएट संस्थाहरुमा कार्यरत पत्रकारहरूले आ–आप्mनो शाखा तथा संस्था मार्पmत निम्नबमोजिमको प्रक्रिया पु¥याई २०७५ मंसिर १५ गतेभित्र पठाउनुहुन अनुरोध गरिन्छ । बीमामा सहभागी हुने पत्रकारहरूले बुझाउनुपर्ने बीमा प्रिमियमको व्यहोरा यसैसाथ संलग्न गरिएको छ । 
साथै, गत बैशाख र असारमा बीमा गरिएका श्रमजीवी पत्रकारले बीमाका लागि तपसिलकै प्रक्रिया पु¥याई २०७६ बैशाखपछि सम्पर्क गर्नुहुन पनि जानकारी गराइन्छ ।

विवरण पठाउनु पर्ने ढाँचाः

                                    
नामथरः    
जन्ममिति :   
सम्पर्क नं :    
मोबाइल नंः    इमेलः    
इच्छाइएको व्यक्तिको नामः
महासंघको सदस्यता नं :    शाखाः
प्रेस प्रतिनिधि प्रमाणपत्रको  नवीकरण भएको प्रतिलिपि नं.:
प्रतिव्यक्ति रु. ७७।६९ का दरले (एकमुष्ठ)

नोट : शाखाका पत्रकारको हकमा सम्बन्धित शाखाले संकलन गरी एकमुष्ठरूपमा महासंघ केन्द्रमा पठाउन सक्नेछन् । थप आवश्यक जानकारीका लागि कार्यालय सचिव शेषराज खतिवडा ९८६१४९७९६९ तथा महासंघ केन्द्रमा सम्पर्क गर्नुहोला । 
                                        

 डाउनलोड गर्नुहोस्