भ्रमण बारे


अल चाइना जर्नालिष्ट एशोसिएसनको निमन्त्रणामा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा पत्रकारहरुको एक टोलि चीनको भ्रमणमा गएको छ । साउन ३० गतेदेखि भदौं ५ गतेसम्म पत्रकार टोलि चीनमा रहने छ । टोलिले अलचाइना जर्नालिष्ट एशोसियसनका पदाधिकारीहरुसंग छलफल गर्नुका साथै त्यहाँका विभिन्न सञ्चार माध्यमहरुको अवलोकन गर्ने छ । 

टोलिमा महासंघका महासचिव विष्ट सहित महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, लेखा समिति सदस्य भुपेन्द्र आचार्य, पूर्व केन्द्रीय सदस्य हरि लम्साल , केन्द्रीय सभासदद्वय दामोदरप्रसाद दवाडी र ओमबन्दु कार्की हुनुहुन्छ । 

 डाउनलोड गर्नुहोस्