केन्द्रीय सदस्य तिवारीलाई भौतिक आक्रमण गर्ने धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

 

मिति ः २०८२।०९।०२

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीलाई नेपाली कांग्रेस पर्वतका जिल्ला सभापति युवराज जोशीले फोनमार्फत भौतिक आक्रमण गर्ने धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण भएको छ ।

सारथी न्यूज अनलाइनमा २०८२ मंसिर २३ गते ‘कांग्रेसमा गरिव निमुखा अवसरबाट वञ्चित’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर मंसिर २९ गते धम्की आएको जानकारी तिवारीले महासंघलाई गराएका छन् ।

प्रकाशित समाचारमा चित्त नबुझे प्रचलित विधि र कानुनसम्मत समाधान खोज्नु पर्नेमा पत्रकारलाई धम्क्याउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।

यो घटनाको छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन महासंघ सम्बद्घ निकायसंग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download