केञ्जो खबर डटकमका पत्रकार बिष्णुप्रसाद अधिकारी र उनका परिवारका सदस्यहरूलाई हुलहुज्जत तथा कुटपीट गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२।०८।२४

केञ्जो खबर डटकमका पत्रकार बिष्णुप्रसाद अधिकारी र उनका परिवारका सदस्यहरूलाई हुलहुज्जत तथा कुटपीट गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही मंसिर २२ गते सोमबार फिदिम नगरपालिका वडा नं. ११ स्थित आफ्‌नै जमिनमा संरचना निर्माण गरिरहेको बेला माटो व्यवस्थापनको विषयमा अनावश्यक विवाद निकालेर शाखा सदस्य रहेका अधिकारी र उनका परिवारका ३ जना सदस्यमाथि मादक पदार्थ सेवन गरेको एक समुहबाट आक्रमण भएको महासंघ पाँचथर शाखाले जनाएको छ ।

आक्रमणबाट घाइते अधिकारीसहितको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको शाखाले बताएको छ । महासंघ अधिकारीसहित घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

पत्रकार र परिवारमाथि यस प्रकारले आक्रमण हुनु अत्यन्त निन्दनीय, अराजक र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो ।

महासंघ यो घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाइ सुरक्षाको प्रत्याभूति दिलाउन एवं आगामी दिनमा पत्रकारको सुरक्षामा संवेदनशील हुन सम्बद्ध निकायसँग महासंघ माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download