नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका सहसचिव निरञ्जन कायस्थलाई मातृशोक

 

मिति : २०८२/०५/२२

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका सहसचिव निरञ्जन कायस्थलाई मातृशोक परेको छ । ८४ वर्षीय आमा सरोजादेवीको आज बिहान निधन भएको महासंघ काभ्रे शाखाले जनाएको छ ।

महासंघ स्वर्गीय सरोजादेवीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त पत्रकार निरञ्जनसहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download