मिति : २०८२/०७/१४
प्रेस विज्ञप्ति
पत्रकार गणेश पाण्डेको लमजुङस्थित घरमा तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
बेसीशहर नगरपालिका ८ स्थित पाण्डेको घरमा कात्तिक १३ गते राति सुनियोजित रूपमा ढुंगा प्रहार गरी क्षति पु¥याईएको महासंघ लमजुङ शाखाले जनाएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका पत्रकार पाण्डेको घरमा भएको तोडफोडको महासंघ भत्र्सना एवं निन्दा गर्दछ ।
पत्रकारलाई त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन महासंघ सम्बद्ध पक्षसँग जोडदार माग राख्दछ ।
रामप्रसाद दाहाल
महासचिव