मिति : २०८२/०६/११
जेनजी आन्दोलनका क्रममा भएका प्रेस स्वतन्त्रता हननका थप घटना विवरणहरू प्राप्त भएका छन। नेपाल पत्रकार महासंघ प्युठान शाखाका अनुसार देहायका घटना भएका छन।
तोडफोड
गत भदौं २४ गते रेडियो प्यूठानको स्टुडियो तोडफोड गर्नुका साथै टेलब कुर्सी लगायतका सामग्रीमा आगजनी।
दुर्व्यवहार/धम्की
सोही दिन पत्रकार राम बहादुर विश्वकर्मालाई आन्दोलनकारीबाट दुर्व्यवहार गर्नुका साथै अझैसम्म धम्की आइरहेको।
महासंघ यी घटनालाई प्रेस स्वतन्त्रतामाथिको हमला ठान्दछ। घटनाको निन्दा र भर्त्सना गर्दछ। साथै दोषिमाथि कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गर्दछ।
रामप्रसाद दाहाल
महासचिव