पत्रकार गोविन्द शर्मालाई बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२/०६/०५

पत्रकार गोविन्द शर्मालाई बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। जोशीले महासंघ लुम्बिनी प्रदेश समिति सचिव शर्मालाई आज फोटो खिच्न समेत अवरोध सिर्जना गरेको महासंघ बाँके शाखाले जनाएको छ। महासंघ प्रमुख जिल्ला अधिकारीको प्रेस विरोधी कर्मको निन्दा र भत्सर्ना गर्दछ। साथै भविष्यमा प्रेस स्वतन्त्रता हननमा संलग्न नहुन जोशीलाई सचेत गराउदछ।

 

रामप्रसाद दाहाल

महासचिव

 Download