मिति : २०८२/०६/०१
प्रेस विज्ञप्ति
कोल्हवी डटकमका सम्पादक अशेष ढुंगानामाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
गत भदौ २४ गते जेनजी समुहले बाराको कोल्हवीमा गरेको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार ढुंगानालाई आन्दोलनकारीले आक्रमण गरेको महासंघ बारा शाखाले जनाएको छ । यो आक्रमणको महासंघ भत्र्सना गर्दछ ।
जनतालाई सुसूचित गर्ने कार्यमा खटिएको पत्रकारको पेशाको सम्मान गर्न आग्रह गर्दछ । साथै, महासंघ घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सम्बद्ध निकायसंग माग गर्दछ
।
रामप्रसाद दाहाल
महासचिव