मिति : २०८२/०५/२४
विभिन्न सञ्चार गृृह, पत्रकार महासंघका शाखा, सञ्चार सम्बद्ध संगठनको भवनमा तोडफोड, आगजनी र सञ्चारमाध्यमको सवारी साधन तोडफोड भएको घटनाप्रती नेपाल पत्रकार महासंघ घोर निन्दा र भत्र्सना गर्दछ ।
जेनजीको दोस्रो दिन मंगलबार भएको प्रदर्शनका क्रममा प्रेस स्वतन्त्रता हननका देहायका घटना भएको जानकारी महासंघलाई प्राप्त भएको छ ।
१.थापाथलीस्थित कान्तिपुर मिडिया समुह र तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय भवन तोडफोड र आगजनी
२.तीनकुनेस्थित अन्नपूर्ण पोष्टको कार्यालय भवनमा तोडफोड र आगजनी
३. महाराजगन्जमा न्युज २४ को गाडीमा आगजनी, लाइभ डिभाइस र क्यामेरा खोसियो
४. महासंघ सप्तरी शाखाको भवनमा ढुंगामुढा
५.. बबरमहलस्थित प्रेस सेन्टरको कार्यालय भवनमा आगजनी
६. बुटवलमा रहेको रेडियो जागरणको भवन तोडफोड
७. सिंहदरबारस्थित सार्वजनिक प्रसारण सेवाको कार्यालय तोडफोडर आगजनी
आगजनीबाट कान्तिपुर मिडिया ग्रुपको सर्भरमा समस्या आउनुका साथै टेलिभिजन प्रशारण केहीबेर रोकिन पुगेको छ । टेलिभिजनका पत्रकार कार्यालयबाट जोगिएर भाग्न बाध्य भए । अन्य सञ्चार माध्यमको काम पनि प्रभावित हुन पुगेको छ ।
महासंघ शान्तिपूर्ण विरोध मार्फत आफ्ना माग राख्न पाउने अधिकारको सम्मान गर्दै जेनजी समक्ष पत्रकारिता क्षेत्रमा आक्रमण नगर्न पुन; आग्रह गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव