नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य शेरबहादुर भुजेलको ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०७९।११।२३

शाेक विज्ञप्ति 

नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य शेरबहादुर भुजेलको ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । पत्रकार भुजेलको गएराति दोलखाको पवटीस्थित निवासमा निधन भएको हो । भुजेल महासंघ दोलखा शाखाका पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो ।

विगत दुई दशकदेखि दोलखामा रहेर सक्रिय पत्रकारिता गरिरहेका भुजेलले कालिन्चोक एफएममा समाचार प्रमुखका रूपमा काम गर्नुभएको थियो । कालिन्चोक सन्देश साप्ताहिकमा समेत काम गरेका भुजेल पछिल्लो समय इदैनिक खबर अनलाइनमा सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । स्वर्गीय भुजेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।

भुजेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय भुलेजप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

..................
रोसन पुरी
महासचिव

 Download