पत्रकार गजेन्द्र राईलाई समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०७९।०८।१२

नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सदस्य तथा रेडियो नेपालका जिल्ला संवाददाता एवं निगरानीपोष्ट अनलाइनका सञ्चालक गजेन्द्र राईलाई समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

उदयपुर शाखाका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको रिपोर्टिङको क्रममा रहेका पत्रकार राईलाई २०७९ मंसिर १० गते प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाट बजारको विपीचौकबाट पक्राउ गरेको थियो । समाजको विकृति, विसंगतिसम्बन्धी रिर्पोटिङ्ग गर्दैआएका पत्रकार राईलाई समाचार लेखेको विषयमा साईबर क्राईम मुद्दा दर्ता भएको शाखाले जनाएको छ ।

कुनै पनि विषयमा संप्रेषित भएका समाचारप्रति चित्त नुबुझे या गुनासो भए त्यसउपर प्रेस काउन्सिलमा उजुरी गर्नसकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा चलाएइको यो घटना प्रेस स्वतन्त्राविपरीतको काम हो । महासंघ पत्रकार राईलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।

 

रोसन पुरी

महासचिव

 Download