निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न निर्वाचन आयोग र सरकारसँग माग

मिति : २०७९।०८।०२

२०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुँदै छ । मुलुकमा संविधानसभाबाट संविधान जारी भएसँगै दोस्रो पटक हुनगइरहेको यो निर्वाचनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने विश्वास महासंघले लिएको छ ।

यो सुखद् घडीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर आमनेपाली सञ्चारकर्मीहरूको तर्फबाट महासंघ निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहितढंगबाट सम्पन्न होस भन्ने शुभकामना व्यक्त गर्दछ ।

निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ ।

त्यस्तै निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहजढंगबाट चल्न दिन सम्बन्धित पक्षसँग महासंघ आग्रह गर्दछ । निर्वाचनको क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि महासंघ सरकारसँग आग्रह गर्दछ ।

साथै, निर्वाचनका बेला महासंघका सबै सदस्यहरू तथा सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै निर्वाचनको समाचार संकलन र संप्रेषण गर्ने कार्यमा जुट्न पनि आहृवान गर्दछ ।

 

रोसन पुरी

महासचिव

 Download