पाँचथर शाखाका पूर्वकोषाध्यक्ष गुरुङको निधनले महासंघ स्तब्ध

मिति : २०७९।०५।३१

नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्वकोषाध्यक्ष रामप्रकाश समथिङ गुरुङको उपचारको क्रममा झापाको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ५३ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । केही दिनअघि उपचारका लागि उक्त अस्पताल भर्ना भएका पत्रकार गुरुङको भाद्र ३० गते बिहीबार निधन भएको हो ।

पाँचथरमा रहेर लामो समयदेखि खोज, अनुसन्धान, लेखन क्षेत्रमा सक्रिय गुरुङले पाँचथर टाइम्स साप्ताहिकको सञ्चालक जिम्मेवारी वहन गर्नुका साथै विभिन्न पत्रपत्रिकामा स्तम्भ लेख्दै आउनु भएको थियो । साहित्य क्षेत्रमा सक्रिय गुरुङ नेपाल सरकारबाट जनसेवा श्री पञ्चम श्रेणीबाट सम्मानित हुनुहुन्थ्यो । गुरुङका अनुसन्धान र साहित्यलगायतका ५५ वटा पुस्तक प्रकाशन भएका छन् । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक, कुशल, अनुभवी र जुझारु पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

 Download