पत्रकारकाे निधनकाे खबरले महासंघ स्तब्ध
 
 
मिति : २०७८।१०।०६
 
टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को २६ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।
 
स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु¥याइएका विश्वकर्माको उपचारकै क्रममा आज बिहान ३ः०० बजे निधन भएको हो । स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् ।
 
अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँले इमेज टेलिभिजन, जनता टेलिभिजनलगायतमा काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ ।
 
पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको छ । यो अत्यन्त दुःखद् र गम्भीर विषय हो ।
 
महासंघ स्वर्गीय पत्रकार विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
 
 
रोसन पुरी
महासचिव

 Download