पत्रकार दुर्व्यवहारको घटनाप्रति महासंघको ध्यानाकर्षण

मिति : २०७८।०१।०२

नेपाल पत्रकार महसंघ तनहुँ शाखाका सदस्य तथा अन्नपूर्ण पोष्ट सम्वाददाता एवं दमौली न्यूज डटकमका सम्पादक पवन पौडेललाई नेपाली सेनाका सैनिक कमाण्डरले दुर्व्यवहार गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ तनुहँ शाखाका अनुसार वैशाख १ गते बुधबार नेपाली सेनाको टोली दमौली बजारको सडकमा दौडिरहेको दृश्य खिँचेको निहुँमा व्यास–५ चापाघाटस्थित कालिभञ्जन गणका निज सैनिक कमाण्डरले पत्रकार पौडेललाई दुर्व्यवहार गर्दै क्यामेरा खोसेर दृश्य हटाएका थिए ।

नेपाली सेनाजस्तो जिम्मेवार निकायको जिम्मेवार सैनिक अधिकारीबाट पत्रकारमाथि गरिएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् छ । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारमा आघत पुग्ने यस्ता कार्य नदोहो¥याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

 

प्रकाश थापा

सचिव

 Download