पत्रकार दाहालमाथि प्रहरीबाट भएको ज्यादतीको भर्त्सना

मितिः २०७८।०१।०१

समाचार संकलनका क्रममा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार केदार दाहालमाथि भारतीय दूतावासअगाडि प्रहरीद्वारा समाचार संकलनमा अवरोध खडा गर्दै आक्रमण गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

चैत्र ३१ गते मंगलबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन लेटर’ लिन लाइन बसेका भारतीय नागरिकबारे समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकार दाहाललाई प्रहरीले समाचार संकलनमा अवरोध गर्दै लछारपछार गरी मोबाइलबाट खिँचिएको फोटो तथा भिडियोसमेत मेटाउने प्रयास गरेका थिए ।

सार्वजिनक ठाउँमा भएका गतिविधिबारे समाचार संकलनमा जुटेका पत्रकारलाई प्रहरीबाट समाचार संकलनमा अवरोध खडा गर्दै आक्रमण गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । घटनाको छानबिन गरी दोषीमाथि कारबाही गरी पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न तथा स्वतन्त्र र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

 

 प्रकाश थापा

     सचिव

 Download