१४ जना पत्रकारलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुर्नस्थापना लेखनवृत्ति सम्मान प्रदान गरिने
मिति ः२०७७ माघ २९
 

१४ जना पत्रकारलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुर्नस्थापना लेखनवृत्ति सम्मान प्रदान गरिने

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोग तथा सोही संस्था र नेपाल पत्रकार महासंघको सहकार्यमा भुकम्पवाट अति प्रभावित १४ जिल्लाका पत्रकारहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुर्नस्थापना लेखनवृत्ति सम्मान प्रदान गरिएको छ ।
नेपालमा २०७२ बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र तत्पश्चातका पराकम्पका कारण मुलुकमा पुगेको भौतिक क्षतिको सिघ्र पुननिर्माण गर्ने प्रमुख उद्देश्यसहित भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुननिर्माण कार्य सम्वन्धमा यही पुस २० देखि माघ २० सम्म प्रकाशित प्रसारित समाचार सामग्रीसहितको विवरण पठाउन सार्वजनिक आह्वान तथा १४ जिल्लाका महासंघ शाखामा पत्राचार गरिएकोमा प्राप्त भएका समाचार सामग्रीहरु मध्ये संयुक्त मूल्याकंन समितिले मूल्याकंन गरेका विभिन्न जिल्लाका पुर्ननिर्माणसँग सम्वन्धित १४ उत्कृष्ट समाचार सामग्रीको विवरण महासंघ केन्द्रीय कार्यालयमा प्राप्त भएको छ । उक्त १४ समाचार सामग्री प्रवाह गर्ने १४ जना सम्मानित पत्रकारहरुलाई महासंघ हार्दिक बधाई ज्ञापन गर्दछ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुर्नस्थापना लेखनवृत्ति सम्मानका लागि छनौट हुनु भएका पत्रकारहरुलाई २०७७ फाल्गुन २ गते दिउसो १ वजे महासंघ केन्द्रीय कार्यालयमा एक कार्यक्रममा नगद रु. १२,००० र प्रमाणपत्रद्वारा सम्मान गरिने छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुर्नस्थापना लेखनवृत्तिबाट सम्मानित हुने पत्रकारहरुको नामावली निम्नानुसार रहेको छ ।
 
क्र . स आवेदक जिल्ला
१ भिमलाल श्रेष्ठ गोरखा
२ नवराज छत्कुली धादिङ
३ मोतीराम तिमल्सिना काभ्रे
४ राजकुमार कार्की सिन्धुली
५ अनुकुमारी  आचार्य रसुवा
६ विद्या राई काठमाण्डौँ
७ दुर्गा आचार्य सिन्धुपाल्चोक
८ सम्झना रिजाल मकवानपुर
९ शिवप्रसाद ढुंगाना   ओखलढुंगा
१० रामहरी कार्की ललितपुर
११ सम्झना पौडेल भक्तपुर
१२ शर्मिला उप्रेती नुवाकोट
१३ उषा तामाङ्ग दोलखा
१४ जानुका पौडेल रामेछाप
 


रमेश विष्ट
महासचिव

 Download