नेकपा कार्यकर्ताबाट समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार गरिएको घटनाको भर्त्सना
 
मितिः २०७७।१०।२४
नेकपा ओली समुहद्वारा आयोजना गरिएको आमसभाको समाचार संकलनका क्रममा देश सञ्चार डटकमकी पत्रकार दीपा दाहाललाई नेकपा कार्यकर्ताबाट समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
हिजो माघ २३ गते शुक्रबार काठमाडौंको दरबारमार्गमा भएको आमसभाको समाचार संकलन गर्ने क्रममा आमसभामा सहभागीहरुसँग कुराकानी गर्न खोज्दा पत्रकार दाहाललाई प्रेसको परिचय दिएर प्रेस पास देखाउँदा देखाउँदै नेकपा कार्यकर्ताबाट समाचार संकलन रोक लगाउँदै दुर्व्यवहार गरिएको थियो ।
स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई लक्षित गरी समाचार संकलनमा रोक लगाउँदै गरिएको दुर्व्यवहारको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ। र, पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दै महासंघ पत्रकारलाई स्वतन्त्र र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।
रमेश विष्ट
महासचिव

 Download