कारोबार दैनिकसँग भएको सहमती बारे महासंघको विज्ञप्ति

मिति : २०७७ पुस १६

टिविआई पब्लिकेशन प्रालिद्वारा प्रकाशित कारोबार राष्ट्रिय दैनिकबाट निष्काशित श्रमजीवी पत्रकारहरुको स–सम्मान पुनःर्बहाली, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, सरकारले तोकेको पारिश्रमिक (स्केल बमोजिम) उपलब्ध गराउनुपर्ने लगायतका माग राखी नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनका सन्दर्भमा महासंघ केन्द्र, महासंघ कारोबार शाखा र कारोबार व्यवस्थापन बीच आज २०७७ पुस १६ गते महासंघका सचिव एवम् कारोबार संघर्ष समितिका संयोजक प्रकाश थापाको रोहबरमा भएको त्रिपक्षीय सहमती अनुसार महासंघले आन्दोलनका घोषित कार्यक्रमहरु फिर्ता लिएको छ ।

सहमती अनुसार कारोबार व्यवस्थापनले १५ दिनभित्र सबै निष्काशित श्रमजीवी पत्रकारहरुको स–सम्मान पुनःर्बहाली गर्ने, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्ने र सरकारले तोकेको पारिश्रमिक (स्केल बमोजिम) उपलब्ध गराउने छ । महासंघ सबै पक्षबाट यस सहमतीको पूर्ण पालना हुने कुरामा विश्वस्त छ ।

महासंघको आन्दोलनलाई साथ र सहयोग गर्ने महासंघका प्रदेश समिति, शाखाहरु, एसोसिएट सदस्य, सहयात्री पत्रकार संघ संगठनहरु लगायत सबैलाई धन्यवाद व्यक्त गर्दछ ।

 

रमेश विष्ट

महासचिव

 Download