नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिहरसिंह राठौरलाई मातृशोक परेको खवरले महासंघ स्तब्ध

मिति : २०७७।०७।२३

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक हरिहरसिंह राठौरलाई मातृशोक परेको खवरले नेपाल पत्रकार महासंघ दुःखी र स्तब्ध भएको छ । उहाँकी ८७ वर्षीया ममतामयी माता त्रिपुरासिंह राठौरको कात्तिक २३ गते विहान जाजरकोटको भेरी नगरपालिका–३ थाप्ले स्थित निवासमा निधन भएको हो । स्वर्गीय रौठौरका दुई छोरा र दुई छोरी हुनुहुन्छ । केन्द्रीय सदस्य राठौर स्वर्गीय राठौरको जेठा छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा महासंघका केन्द्रीय सदस्य राठौरसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।


रामप्रसाद दाहाल
सचिव

 Download