पूर्वकेन्द्रीय सदस्य तिमल्सिनालाई गालीगलौज र अभद्र व्यवहार गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७७।०४।०२

 

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनालाई अखिल नेपाल फुटवल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा र उहाँका छोरा अभिषेक थापाले गालीगलौज र अभद्र व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
साउन १ गते साँझ समाचारका लागि टेलिफोनबाट वार्ता गर्ने क्रममा पत्रकार तिमल्सिनालाई (एन्फा) का पूर्वअध्यक्ष थापाले गालीगलौज र अभद्र व्यवहार गरेका थिए भने थापाका छोरा अभिषेकले थापाथलीस्थित हाम्रो खेलकुद डटकमकको कार्यालय परिसरमै गएर पत्रकार तिमल्सिनासँग वादविवाद गर्दै अभद्र व्यवहार गरेका थिए ।
पेशागत धर्म निर्वाहका क्रममा रहेका पत्रकारलाई एउटा जिम्मेवार पदमा रही काम गरिसकेका व्यक्ति र परिवारका सदस्यबाट भएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् विषय हो । यस्ता कार्यले पत्रकारको संवैधानिक अधिकार र सम्मानमा आघात पुग्ने महासंघको ठहर छ । महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र यस्ता हर्कत नदो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

 

रमेश विष्ट
महासचिव

 Download