कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न महासंघ आग्रह

मिति :२०७६।११।२७

विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिन–१९०) को उच्च जोखिममा नेपाल समेत रहेको विदितै छ । जनतालाई सुसूचित गर्ने सम्बैधानिक दायित्व बोकेका पत्रकारहरु समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य रहेको छ । पत्रकारलाई पूर्वसतर्कता अपनाउन महासंघ आब्हान गर्दछ ।

साथै, पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन महासंघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसंग छलफल गरी आवश्यक कार्य अघि बढाएको छ । महासंघ सञ्चार प्रतिष्ठानहरुलाई पनि कार्य स्थलमा खटिने पत्रकारहरुका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गर्दछ ।

साथै, कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न महासंघ विशेष आग्रह गर्दछ ।

यस्तो परिस्थितिमा समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारले अपनाउनु पर्ने विधिका बारेमा विश्व स्वास्थ्य संगठन  (WHO) ले तयार पारेको मापदण्ड सञ्चारगृह र पत्रकारहरुलाई उपलब्ध गराउने तयारी महासंघले गरिरहेको जानकारी गराउँदछौं ।



रमेश विष्ट
महासचिव

 Download