हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीले पत्रकारिता गरेकै कारण असुरक्षित हुनुपरेकाेप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७६।११।१४

नेपाल पत्रकार महासंघका सभासद् तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा जानकारी गराउनु भएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ  । पछिल्लो समय खोजी पत्रकारितामा क्रियाशील सिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिहरुले शंकास्पद गतिविधि बढाएकोले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराउनु भएको हो । स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासंघ कडा भर्त्सना गर्दछ । र, पत्रकार सिवाकोटीको सुरक्षामा विशेष ध्यान दिन एवं स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

 Download