प्रकाशित समाचारलाई लिएर पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष र पूर्वअध्यक्षले सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी र प्रतिक्रिया दिएकोमा महासंघको ध्यानाकर्षण

 

मिति :२०७६।०३।१७


पाँचथरबाट प्रकाशित फिदिम टुडै दैनिकमा प्रकाशित समाचारलाई लिएर पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष र पूर्वअध्यक्षले सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी र प्रतिक्रिया दिएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त दैनिकको २०७६ असार १२ गतेको अंकमा प्रकाशित ‘स्वार्थ समूहको चंगुलमा स्थानीय सरकार’ शीर्षक समाचारलाई लिएर नकारात्मक टिप्पणी र प्रतिक्रिया व्यक्त गरेका थिए ।

समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे अपनाउनुपर्ने कानुनी मार्गलाई छाडेर सामाजिक सञ्जालमार्फत टीका–टिप्पणी गर्नु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ यस्ता घटनाको कडा भर्त्सना गर्र्दै सार्वजनिक रुपमा माफी मागी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।


रमेश विष्ट
महासचिव

 Download