विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्थागरि लागु गर्ने दृढता प्रर्दशन गरेकोमा महासंघकाे सरकारलाई हार्दिक धन्यवाद

मिति : २०७६/३/१०


सरकारले संसदमा विचारधिन विज्ञापन विधेयकमा क्लिन फिडको व्यवस्था गरेको विषयलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ । सरकारको आमसञ्चार नीति र पत्रकार महासंघले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा क्लिन फिड व्यवस्था लागु गर्ने विषय उच्च प्राथामिकतामा रहँदै आएको थियो । क्लिन फिडले नेपाली सञ्चार माध्यमहरुको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्छ भन्ने महासंघको विश्वास छ । विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्थागरि लागु गर्ने दृढता प्रर्दशन गरेकोमा महासंघ सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 
त्यसैविच मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हुँदा उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुसंग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन गरिएको महासंघको आन्दोलन जारी छ । जेठ ११ गते बुधबार तेस्रो चरणको आन्दोलन अन्तर्गत अपहन्न ३ बजे बसन्तपुरमा चर्चित कविहरुको कविता वाचन र ख्यातिप्राप्त काटुर्निष्टहरुको कार्टुन चित्र प्रर्दशनी आयोजना हुदैंछ । 
महासंघ आन्दोलनरत पक्षसंग वार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्न सरकारसंग पुनः आग्रह गर्दछ । साथै महासंघको घोषित आन्दोलनहरुमा सक्रिय सहभागि हुन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघसंस्था, पेशाकर्मी नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुसंग हार्दिक आव्हान गर्दछ ।
 

रमेश विष्ट 
महासचिव

 Download