महासंघका पूर्वसचिव चलाउनेलाई पितृशोक

मिति : २०७६।०३।०३


नेपाल पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउनेलाई पितृशोक परेको छ । उहाँका पुजनीय पिता मर्दबीर चलाउनेको ७० वर्षको उमेरमा असार २ गते जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–६ नायकवाडास्थित निवासमा निधन भएको हो । फोक्सोको क्यान्सरबाट ग्रसित स्वर्गीय चलाउनेका श्रीमती, ३ छोरा र ३ छोरी हुनुहुन्छ । पूर्वसचिव प्रभात चलाउने जेठा छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय चलाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पूर्वसचिव प्रभात चलाउनेसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रमेश विष्ट
महासचिव

 Download