सवारी दुर्घटनामा पत्रकार नन्दु गेलाङकाे निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध

मिति : २०७६।०२।२९
 

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको सवारी दुर्घटनामा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । ३८ वर्षीय गेलाङ चढेको भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई आज दिउँसो बा ५ ख १६८३ नम्बरको टिपरले भेरीगंगा नगरपालिका–८ लहरे बजारअगाडि ठक्कर दिँदा यो दुःखद् घटना भएको हो । 

डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका गेलाङ सुर्खेतबाट प्रकाशित हाम्रो पहिचान दैनिकका सम्पादक÷प्रकाशक हुनुहुन्थ्यो । स्वर्गीय गेलाङका श्रीमती र एक छोरी छन् ।

नेपाल पत्रकार महासंघ स्वर्गीय गेलाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । र, शोकको यस घडीमा शोककूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । 
साथै, महासंघ घटनाको सत्य–तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

 Download