शान्तिपूर्ण धर्नामा बसेका पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति :२०७६।०२।२९


लोककल्याणकारी विज्ञापनको भुक्तानीमा भारी कटौती गरिएको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राख्दै शान्तिपूर्ण धर्नामा बसेका पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

आज बुधबार दिउँसो ४ः३० बजे धुनषास्थित जिल्ला हुलाक कार्यालयमा धर्ना र तालाबन्दीमा रहेका पत्रकारमाथि प्रहरीले हस्तक्षेप गरी महासंघ प्रदेश नम्बर २ का सचिव आरएन विश्वास, महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका प्रदेश सभासद्द्वय वैद्यनाथ यादव, नवीनकुमार गुप्ता, सप्तरी शाखाका कार्यसमिति सदस्य भुषणकुमार सिंह र विन्दु यादवलगायत सदस्यहरु धर्मपाल राउत, गोपाल गुप्ता र परिस कर्णसहित ९ जना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ गरिएका पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

आफ्ना जायज मागहरु राखी शान्तिपूर्ण रुपमा धर्ना बसिरहेका अवस्थामा प्रहरीबाट हस्तक्षेप भई पत्रकार पक्राउ गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो । महासंघ प्रहरीबाट भएको दमनको निन्दा र भर्त्सना गर्दै पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, पत्रकारहरुले उठाएका जायज मागहरुप्रति गम्भीर भई यथाशीघ्र पूरा गर्न सरकारसँग माग गर्दछ ।


रमेश विष्ट
महासचिव

 Download