पत्रकार गोविन्दप्रसाद शर्माको सवारी दुर्घटनामा परी निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध

मिति :२०७६।०२।२१


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभासद् गोविन्दप्रसाद शर्माको सवारी दुर्घटनामा परी निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । ४१ वर्षीय शर्माको २०७६ जेठ १९ गते ललितपुरको सानेपामा भएको सवारी दुर्घटनामा परी निधन भएको हो ।  
मुलुकको कृषि पत्रकारिता क्षेत्रमा समेत विशेष योगदान पु¥याउँदै आउनु भएका पत्रकार शर्माको निधनले नेपाली पत्रकारिता जगतले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको छ । महासंघले यस घटनालाई नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षतिका रुपमा लिएको छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ


रमेश विष्ट
महासचिव