पत्रकार महिलाहरुले भोग्नुपरेको समस्याकाबारेमा अन्तरक्रिया आयोजना

पत्रकार महिलाहरुले भोग्नुपरेको समस्याकाबारेमा अन्तरक्रिया आयोजना



Dec 30, 2021


पुस १४, काठमाडौं । नेपाल पत्रकार महासंघको आयोजनामा पत्रकार महिलाहरुले भोग्नुपरेको समस्याकाबारेमा विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार महिलासंग अन्तरक्रिया गरेको छ ।   
नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष यशोदा तिम्सिनाले महिला पत्रकारहरु क्षेमतावान हुदाँहुदै पनि सञ्चारगृहमा नेतृत्व तहमा स्थाननदिनु दुखद भएको बताउनुभयो । उहाँले पत्रकार महिलाहरुको पेशागत सुरक्षा र क्षमता अभिवृद्धिमा ध्यान दिन महासंघलाई आग्रह गर्नुभयो । यसैगरी उहाँले अनलाइन पत्रकारितालाई व्यवस्थित गर्न महासंघले पहल गर्नुपर्नेमा जोड दिंदै ठुलो संख्यामा महिला पत्रकार अनलाइन पत्रकारितामा जोडिएकाले वर्गिकरणको प्रक्रियामा लैजान ढिलो भयो भन्नुभयो ।  

नेपाल पत्रकार महासंघकी सचिव सृजना अर्यालले पत्रकार महिलाहरुले भोग्नुपरेका समस्याहरुको पहिचान गरी न्यूनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 
महासंघका केन्द्रीय सदस्यहरु सरिता बराइली, ललिता साहले महासंघ पत्रकारको पेशागतएवं भौतिक सुरक्षाकालागि प्रतिवद्ध रहेको बताउनुभयो । 
कार्यक्रममा सहभागीहरुले महिला भएकै कारण सञ्चारगृहमा आफुहरुले विभेद भोग्नुपरेको बताउनुभएको थियो । उहाँहरुले पत्रकार महिलाहरुले पाउने सेवा सुविधा, जिम्मेवारी साथै आफुहरुमाथि हेर्ने दृष्टिकोणमा समेत विभेद रहेको बताउनुभएको थियो ।
महिला पत्रकारले पत्रकार महासंघ सबै पत्रकारहरुको छाता संगठन भएकाले आफुहरुले महासंघबाट ठुलो आशा राखेको बताए । पत्रकार महिलालाई पत्रकारिता भर्खर शुरु गर्न लागेकालाई आधारभुत, मिड करिअर लाई एडभान्स र केही पत्रकारलाई विशिष्ट प्रकारको तालिम दिनुपर्ने आवश्यकता औंल्याए । त्यसैगरी महिला स्वयंले चलाएका मिडियालाई विशेष सहुलियतको जरुरी रहेकोप्रतिपनि महिला पत्रकारले ध्यानाकर्षण गराएका थिए ।