नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट पारित प्रस्तावहरु


२०७४ भदौ ४ र ५ गते काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै १९ बुँदे काठमाडौं घोषणापत्र जारी गरी सम्पन्न भएको छ । महासंघको बन्दसत्रबाट पारित प्रस्तावहरु :


१.    नेपाली पत्रकारिताको स्वतन्त्रताका लागि हालसम्म पु¥याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै नेपालको संविधानले व्यवस्था गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ को रक्षा गर्ने प्रण जनाउँदछौं । साथै सञ्चार र सूचनाको हक प्राप्तिका लागि पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्दा पत्रकार आचारसंहिताको पालना गर्न र जनताको सत्य तथ्य र विश्वसनीय सूचना पाउने नैसर्गिक हकको सम्मान गर्ने दृढता पनि व्यक्त गर्दछौं । 
२.    महासंघको २५ औं महाधिवेशनले तय गरेको भावी रणनीतिका लागि ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नारालाई सफल बनाउन यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ । 
३.    श्रमजीवी पत्रकार ऐनलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारी तथा निजी क्षेत्रका सबै सञ्चार माध्यममा पूर्ण कार्यान्वयन गर्न सम्बद्ध पक्षसँग जोडदार माग गर्दछ । साथै पत्रकारको भौतिक सुरक्षा, दण्डहीनताको अन्त्य, सेल्पवmसेन्सरसीपको अन्त्यका लागि महासंघले उच्च प्राथमिकताका साथ काम गर्ने छ । 
४.    श्रमजीवी पत्रकारहरुले हाल पाउँदै आएको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय रुपियाँको प्रभावकारी कार्यान्वयन र समयसापेक्ष पारिश्रमिक पुनरावलोकनको माग गर्दछौं । 
५.    स्वच्छ, मर्यादित एवं उत्तरदायी पत्रकारिताको विकासका लागि महासंघभित्र र पत्रकारिता जगत्मा शुद्धीकरण गर्ने महासंघको अभियानलाई जारी राखिने छ । 
६.    पत्रकारिता पेसा र व्यवसायलाई व्यावसायिक मर्यादित बनाउन आमसञ्चारसम्बन्धी अध्ययन, अनुसन्धान र प्रशिक्षणद्वारा सञ्चारकर्मीहरुको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ केन्द्र र प्रदेशमा स्थापना गर्नका लागि छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउन महाधिवेशन जोडदार माग गर्दछ । 
७.     मिडियामा बहुलता, विविधता, लैङ्गिक समानता र समावेशीताको अवधारणालाई मूर्तता दिन महासंघ केन्द्र, प्रदेश र स्थानीय तहसम्म प्रभावकारी अभियान चलाउन यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ । पत्रकार महिलाको राष्ट्रिय भेलाद्वारा पारित घोषणापत्र तथा सरकारले तयार गरेको सञ्चार प्रतिष्ठानहरुलाई लैङ्गिक मैत्री बनाउने निर्देशिकालाई कार्यान्वयनमा लैजाने महासंघको प्रयास जारी रहने छ । 
८.  साना लगानीका मिडिया प्रर्बद्धनका लागि समानुपातिक विज्ञापन, स्तरोन्नतिका लागि विशेष प्याकेजको पहल भइरहेकोमा त्यसलाई कार्यान्वयनको चरणमा लैजान यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ । 
९.    महासंघले अघि बढाएका पत्रकार बीमा, ज्येष्ठ पत्रकार सम्मानवृत्ति, पत्रकार शैक्षिक सन्ततीवृत्ति, पत्रकार कल्याण कोष, आपतकालीन राहत कोष, पुरस्कार तथा सम्मान र स्वास्थ्य उपचारसम्बन्धी कार्यक्रमलाई अझ विस्तार गरी कार्यान्वयन गरिने छ । साथै पत्रकारिता तथा आम सञ्चार विषय लिएर नेपालका विश्वविद्यालयमा एमफिल तथा पीएचडी (विद्यावारिधि) अध्ययनको प्रक्रिया सुरु भएका सञ्चारकर्मीलाई अध्ययनवृत्ति प्रदान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने छ । 
१०.    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारिताको बृहत्तर हितका निम्ति राष्ट्रिय आमसञ्चार नीति २०७३ ले परिकल्पना गरेका नीतिगत तथा कानुनी सुधार र नियामक निकायको स्थापना तथा पुनसंरचनालगायतका कार्यहरुमा महासंघले पहलकदमी लिनेछ । 
११.    नेपाल पत्रकार महासंघको रणनीतिक दृष्टिकोणपत्र (२०७४–०७५)  र पत्रकार सुरक्षा नीति २०७४ मा उल्लिखित नीतिको कार्यान्वयन र कार्यक्रमको सञ्चालन गरिने छ । 
१२.    महासंघको कुनै पदाधिकारी वा कुनै पत्रकारले महासंघको मर्यादा र पत्रकारिताको आचरणविपरीत कुनै कार्य गरेमा महासंघ स्वयंबाट कारबाही गर्नका लागि उपयुक्त विधि र संरचना तयार गरी अधिकार सम्पन्न अनुशासन समिति निर्माण गर्न यो महाधिवेशन नयाँ कार्यसमितिलाई निर्देशित गर्दछ । 
१३.    संविधानले परिकल्पना गरेको केन्द्र, प्रदेश र स्थानीय तहमा मिडिया सञ्चालनका लागि कानुनी तथा नीतिगत व्यवस्थाका लागि ठोस पहल गरिने छ । 
१४.    स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन असोज २ गते घोषणा भएको छ । त्यसैगरी, संघीय व्यवस्थापिका र प्रदेशसभाको निर्वाचन २०७४ मंसिर १० गते आइतबार हुने गरी निर्वाचनको मिति घोषणा भएकोमा यो महाधिवेशन सरकार र राजनीतिक दलहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै संक्रमणकालीन राजनीतिक अवस्थालाई यशाशीघ्र अन्त्य गर्न सबै राजनीतिक दलबीच एकता, सहमति र सहकार्य गरी अगाडि बढ्न पनि महासंघ अपिल गर्दछ । 
१५.    महासंघलाई राजनीतिक हस्ताक्षेपबाट मुक्त गरी व्यावसायिक संस्थाको रुपमा  विकास गर्ने यो महाधिवेशन प्रण गर्दछ । महासंघको कुनै पनि तहको कार्य समितिको निर्वाचित पदाधिकारी वा सदस्यले अब आइन्दा दलको तर्फबाट वा भ्रातृ संगठनमा निर्वाचन चिह्न लिएर उम्मेदवार भएमा महासंघको पद स्वतः रिक्त भएको मानिने व्यवस्था गर्ने प्रस्तावलाई पारित गर्दछ । 
१६. देशका विभिन्न भागमा हालै गएको बाढी, पहिरो तथा डुवानमा परी निधन हुनुभएकाहरुप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । पीडित परिवारजनमा हार्दिक समावेदना प्रकट गर्दै सो समस्याबाट पीडित सञ्चारकर्मी तथा क्षतिग्रस्त मिडियालाई यथोचित राहत उपलब्ध गराउन सरकारसँग महासंघ जोडदार माग गर्दछ । बाढी र डुवानमा परी बन्द भएका मिडियाले पाउँदै आएको सरकारी सुविधालाई निरन्तरता दिन पनि अनुरोध गर्दछ । साथै पीडित पत्रकार तथा क्षति पुगी बन्द भएका मिडिया सञ्लानका लागि सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।     
१७.    अनलाइन पत्रकारिताका विकाससँगै यसलाई व्यवस्थित गर्न सरकारले ल्याएको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ प्रति महासंघले असहमति राख्दै आएको छ, त्यसलाई सुधार र परिमार्जन गरी अनलाइन पत्रकारितामैत्री बनाउन महासंघ सरकारसँग माग गर्दछ । 
१८.    विश्वभरि नै प्रेस स्वतन्त्रताको अभ्यास गर्ने क्रममा भएका दमनको शिकार भएका सबै पत्रकारहरुप्रति यो २५ औं महाधिवेशन ऐक्यबता प्रकट गर्दछ । जेलमा रहेका सबै सञ्चारकर्मीको रिहाइको माग गर्दै विश्वभरमा हुने प्रेस स्वतन्त्रताका लागि हुने र भइरहेका आन्दोलन महासंघ समर्थन गर्दछ । 
१९.    यो २५ औं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न समय दिनु भएकोमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालगायत अतिथिहरु, अध्यक्ष मण्डल, महाधिवेशनमा आउनुभएका सभासदहरु सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 


संयोज ः नारद गौतम ९८५१२१९०२०
सदस्य ः ध्रुव लम्साल
सदस्य : अम्बिका भण्डारी 

 डाउनलोड गर्नुहोस्