बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा सामाजिक सञ्जालबाट पत्रकारलाई लाञ्छित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।०४।०७
बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा सामाजिक सञ्जालबाट पत्रकारलाई लाञ्छित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही साउन ६ गते मंगलबार आफ्‌नो विषयमा समाचार प्रकाशित भएपछि यादवले पत्रकारलाई बदनाम र अपमानित गराउने खालका धारणा व्यक्त गरेको महासंघ बारा शाखाले जनाएको छ ।

प्रकाशित समाचारप्रति गुनासो भए कानुनी या विधि सम्वत् प्रक्रियामा जान सकिनेमा सो नगरी सार्वजनिक पदधारी व्यक्तिबाट प्रेस स्वतन्त्रता विरोधी कार्य भएकोमा महासंघ आपत्ति प्रकट गर्दछ । र, पत्रकारलाई धम्क्याउनेमाथि कानुनबमोजिम कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव 

 डाउनलोड गर्नुहोस्