पत्रकार राजकुमार यादवलाई विवेक साहलगायतका केही व्यक्तिले आक्रमण गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।०४।०९
पत्रकार राजकुमार यादवलाई विवेक साहलगायतका केही व्यक्तिले आक्रमण गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही साउन ८ गते बिहीबार समाचार संकलनमा खटिएका बेला विवेकसहित रन्जित साह र अन्तिज साह तथा अन्तिजका छोरासहितले कुटपिट गर्दा यादव घाइते भएको महासंघको एसोसिएट प्रदेश समितिले जनाएको छ ।

सञ्चार कर्ममा जुटेका पत्रकारमाथि आक्रमण हुनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षा तथा स्वतन्त्रतामा विशेष ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल
महासचिव

 Download